होमपेज / समाज
चैत १, २०७६ काठमाडौं :
मिर्गौला प्रत्यारोपणपछि बालुवाटार फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भेट गरेका छन्।
दोस्रोपटक मिर्गौलाको सफल प्रत्यारोपाण गरी त्रिवि शिक्षण अस्पतालबाटबाट हिजो मात्र डिस्चार्ज भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे अध्यक्ष दाहालले जानकारी लिएका छन्। मिर्गौला प्रत्यारोपणपछि दाहालले पहिलो पटक प्रधानमन्त्रीलाई भेटेका हुन्। बिहान बालुवाटार पुगेका प्रचण्डले मिर्गौला प्रत्यारोपण सफलतापूर्बक सम्पन्न भएकोमा बधाइ दिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरका थिए।
साथै भेटका क्रममा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक गतिविधिका बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको थियो। यसअघि प्रधानमन्त्री ओलीसँग नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवम् नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल लगायतले भेटेका छन्। प्रधानमन्त्रीसँग श्रेष्ठ सहित नेताहरुले सामूहिक भेटवार्ता गरेका हुन्। नेताहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस रोकथामबारे चासो राखेका थिए।
यदि, कोरोनाको संक्रमण देखिहालेमा त्यसका लागि विशेष अस्पताल तयार पार्नुपर्नेमा प्रधानमन्त्रीले चासो राखेको मन्त्री ढकालले जानकारी दिए। फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई हिजो साँझ त्रिवि शिक्षण अस्पतालले डिस्चार्ज गरेको थियो।





.jpg)