होमपेज / समाज
असार २३ , सल्यान । शारदा नगरपालिकाको कृृषि शाखाले एकल महिलाहरुलाई मौरी घार वितरण गरेको छ । नगरपालिकाको कृषि शाखाले मौरी सहितको घार बितरण गरेको हो । एकल महिला हरुको आर्थिक शसक्तिकरण र व्यवसायिक मौरिपालन लाई बढवा दिन निशुल्क मौरी घार बितरण गरेको कृर्षि शाखा प्रमुख प्रकाश खड्कालेे बताए ।
खडकाका अनुसार शाखा वाट आबेदन मागिए बमोजिम परेका ५३ वटा आबेदन मध्य सवै एकल महिला हरुलाइ मौरी घार बितरण गरिएको हो ।
शारदा नगरपालिकाका उप प्रमुख साबित्रा बस्नेत र प्रमुख प्रशासकिय अधिकृत सङ्कर राज पाठकले एकल महिलाहरुलाई मौरी घार बितरण गरेका हुन ।
यसैगरी कृषि शाखाले कृषक हरुका लागि तरकारी खेती गर्न प्रयोग हुने प्लास्टिक छाना पनि बितरण गरेकोछ । विभिन्न सहकारी,फर्म र समूहलाई प्लास्टिक छाना बितरण गरिएको छ ।





.jpg)