ट्रेण्डिङ

होमपेज / समाज

त्रिवेणी गाउँपालिकाद्धारा उत्कृष्ट कार्य गर्ने स्वास्थ्यकर्मी र शिक्षक सम्मानित

  सल्यान खबर २०७८ असार १० गते बिहीबार १६:४६:३९ मा प्रकाशित

असार १०,सल्यान 
सल्यानको त्रिवेणी गाउँपालिकाले उत्कृष्ट कार्य गर्ने स्वास्थ्यकर्मी र शिक्षकलाई सम्मान गरेको छ । गाउँपालिकाको नवौं गाउँसभामा राम्रो कार्य गर्ने स्वास्थ्यकर्मी र शिक्षकलाई प्रमाणपत्र सहित सम्मान गरेको हो । 

स्वास्थ्यकर्मीबाट सम्मानित हुनेमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठ रहेका छन् । विश्वभर फैलिएको कोरोना भाइरस सक्रमण रोकथाम, नियन्त्रणमा महत्वपूर्ण भूमिकका निवार्ह गरेको भन्दै गाउँपालिकाले श्रेष्ठलाई सम्मान गरेको हो । 

यस्तै शिक्षकहरुबाट त्रिवेणी माध्यमिक विद्यालय सरीकोटका शिक्षक देव बहादुर श्रेष्ठ, निमावि ठुलाचौरका शिक्षक दल बहादुर बस्नेत, निमावि राताचौरका शिक्षक भोप बहादुर खड्का, मावि रेखका शिक्षक गोर्वधन रेउले, चण्डेश्वरी प्रावि की चेता कुमारी रेग्मी र मावि काभ्राकी टुल्की कुमारी केसी रहेका छन् ।

उत्कृष्टलाई पुरस्कार र काम नगर्नेर्ला दण्ड दिने अवधारणा अनुसार उत्कृष्ट कार्य गर्ने स्वास्थ्यकर्मी तथा शिक्षकलाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत बसुन्धरा पुनले बताए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top