होमपेज / समाज
फागुन २१, सल्यान
सल्यानमा सुरक्षित आप्रवाशन परियोजना लागु भएको छ । तीन वर्षसम्म सञ्चालन हुने परियोजना जिल्लाका चार स्थानीय तह शारदा नगरपालिका, बागचौर नगरपालिका, बन्गाड कुपिन्डे नगरपालिका र छत्रेश्वरी गाउँपालिमा लागु हुने भएको हो ।
बुधबार सल्यान खलंगामा सुरक्षित वैदेशिक रोजगार सम्बन्धि परियोजनाका कर्मचारीहरुलाई जिल्ला तहमा दुई दिने क्षामता विकास तालिममा सुरु भएको छ । जिल्लाका ३९ जिल्लामा परियोजना लागु गरिएको हो ।
परियोजनाले वैदेशिक रोजगारी सम्बन्धि जानकारी तथा सुचना, अदक्ष जनशक्तिलाई निःशुलक शिपदिलाई दक्ष बनाउने , कानुनी साहयताका बारेमा जानकारी गराउने लक्षय रहेको छ । यस्तै मनो सामाजिक परामर्श र वित्तिय साक्षरता कक्षा सञ्चालन गरिने छ ।
कार्यक्रममा शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले नेपालको सबैभन्दा ठुलो उद्योगको रुपमा वैदेशिक रोजगारी रहेको बताए । नेपालीले चाहेर वा नचाहेर पनि नेपालको वैदेशिक रोजगार उद्योग भएको बताए । सिप नहुँदा विदेशमा धेरै नेपालीले दुःख पाएको तथा अनाहकमा ज्यान गुमानु पर्ने बाध्यता रहेको बताए ।
यस्तै डेभलवमेन्ट सोसाइटी सल्यानका अध्यक्ष दिपेन्द्र प्रकाश डिसीले सूचनाको अभावका कारण नेपाली ठगीनु परेको बताए ।
सुरक्षित आप्रवाशन सम्बन्धि जानकारी दिन जिल्ला प्रशासन कार्यलयमा हेल्प डेक्स स्थापना गरिनुका साथै चारवटै स्थानीय तहमा सूचना केन्द्र स्थापना गरिने बताए ।





.jpg)