ट्रेण्डिङ

होमपेज / समाज

चैत ५ भित्र कक्षा ९ सम्मको परीक्षा लिइसक्न शिक्षा मन्त्रालयको अनुरोध

  सल्यान खबर २०७६ फाल्गुण २० गते मंगलबार १८:५९:३० मा प्रकाशित

फागुन २०, २०७६ काठमाडौं : 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभर फैलिएको कोरोना संक्रमणका कारणले चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन अनुरोध गरेको छ। मन्त्रालयले मंगलबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकार पक्षलाई बोलाएर अनुरोध गरेको हो।  शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले कोरोनाको कारणले चैत ५ गतेभित्रमा परिक्षा लिन अनुरोध गरेको बताए।

उनले भने,‘कोरोना संक्रमणका कारणले चैत ५ गतेभित्रमा कक्षा १ देखि ९ सम्मको परीक्षा लिन  नीजि र सरकारी विद्यालयलाई अनुरोध गरेका हौँ।’ उनले सामूहिक भेला, सेमिनार, गोष्ठीलगायत कार्यक्रम नगर्न पनि विद्यालयलाई अनुरोध गरेको बताए। आगामी चैत ६ गतेबाट देशभर एसइइ परिक्षा सञ्चालन हुँदै छ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top