ट्रेण्डिङ

होमपेज / समाज

सल्यान कालीमाटीका किसानहरुलाई मिनिटेलर प्रदान

  सल्यान खबर २०७८ जेठ १ गते शनिबार १४:२६:१८ मा प्रकाशित

जेठ १, सल्यान 
कृषिलाई व्यवसायिक र कृषि पेशातर्फ उन्मुख गराउन किसानलाई सल्यानको कालीमाटी गाउँपालिकाले मिनिटेलर प्रदान गरेको छ । कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गराउने उद्देश्यले गाउँपालिकाले ५० प्रतिशत अनुदानमा मिनिटेलर प्रदान गरेको हो । 

बसन्ते मकै पकेट क्षेत्र कार्यक्रम अन्र्तगत गाँउपालिकाका वडा न २ , ३ र ४ न वडाका ५ कृषि समूहलाई सात वटा मिनिटेलर प्रदान गरेको गाउँपालिका अध्यक्ष दान बहादु खत्रीले बताए ।  किसानको बढ्दो आवश्यकता र मागलाई सम्बोधन गर्दै किसान लक्षित सामाग्री वितरण गरिएको उनको भनाई छ । उनले भने ‘ग्रामीण क्षेत्रको जीविकोपार्जनको एउटा मात्र विकल्प कृषि पेसा हो । भौगोलिक अवस्था सुहाउँदो बसन्ते मकैको विउ उत्पादनलाई जोड दिने गरी गाउँपालिकाले सहयोग गरेको हो ।’ 

बर्खेभन्दा बसन्ते मकैको बढी उत्पादन हुने र खाली जग्गाको सदुपयोग पनि हुने भएकाले किसानहरुको आकर्षण बसन्ते मकै खेती तर्फ बढेको कृषि शाखा प्रमुख बृद्धि बहादुर वलीले बताए । गत वर्ष दुई सय रोपनीमा बसन्ते मकै खेती भएकोमा यो वर्ष भने ३ सय ५० रोपनीमा मकै लगाइएको उनको भनाई छ । यो वर्ष २ सय रोपनीमा मुल बिउ र १ सय ५० रोपनीमा उन्नत जातको विउ रोपिएको उनको भनाई छ । उनले भने ‘बसन्ते मकै लगाउँदाका हुने फाइदाबारे कृषिकले बुझ्दै गएपछि बसन्ते मकै खेतीतर्फ आकर्षण बढ्दै गएको छ ।’ 
गत वर्ष एक सय क्विन्टल मुल विउ उत्पादन भएकोमा ५० क्विन्टल निर्यात भएको बाँकी ५० क्विन्टल किसानहरुले नै खपत गरेको वलीको भनाई छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्र्तगत बसन्ते मकै पकेट क्षेत्र कार्यक्रमबाट किसानहरुलाई मिनिटेलर प्रदान गरिएको ३ न वडाध्यक्ष विर बहादुर वलीले बताए । पहिलो चरणमा किसान समूहलाई सात वटा मिनिटेलर वितरण गरिएको उनको भनाई छ । केही समय भित्रै ९५ त्रिपाल, ९५ क्राउन मेसिन र सात वटा साना सिँचाई योजना सञ्चालन गरिने उनको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top