होमपेज / समाज
जाजरकोट : यातायात समितिमा आवद्ध युवाहरु बीचमा भएको विवादले एकजनाको मृत्यु भएको छ। युवाबीचको विवादकै कारण नलगाड नगरपालिका –४ का ३५ नरेश रावलको बारेकोट गाउँपालिका २ देउलस्थित खोलामा शुक्रबार दिउँसो शव फेला परेको प्रहरीले जनाएको छ।
अन्य नलगाड ४ कै सुजन कार्की, विकास रावल घाइते भएका छन्। जाजरकोट डोल्पा यातायात समितिको युवाहरुबीच विवाद भएको थियो। प्रहरीले १० जनालाई पक्राउ गरी सदरमुकाम ल्याउँदै गरेको डिएसपी मधु थापाले जानकारी दिए।





.jpg)