होमपेज / समाज
चैत १९,सल्यान
सल्यानको त्रिवणी गाउँपालिका ३ टोट्केमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
गाउँपालिका पशु सेवा शाखाको आयोजनामा वडा नम्बर ३ मा,बि टोट्केमा सन्चालन गरेको १ दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा १०८ कृषकहरुका १२०२ बाख्रा, ११२७ कुखुरा, १३७ वटा गाई भैसीलाई निःशुल्क औषधि बितरण गरिएको पशु सेवा शाखा प्रमुख वसन्त रावतले जानकारी दिए ।
शिविरमा १ वटा बिरालो, २२ वटा कुकुरमा रेविज खोप र २ वटा बोका क्यास्टेसन गर्ने काम भएको उनको भनाई छ । जनतालाई आफ्नै घरदैलोमा सेवा दिने उद्देश्य अनुरुप निःशुलक पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको ३ नम्बर वडा अध्यक्ष हुकुम प्रसाद महताराले बताए । जनताको सबैभन्दा नजिकको सरकार भनेकै स्थानीय सरकारले भएकाले जनताका हरेक शुःख दुःखमा स्थानीय सरकार रहेको उनको भनाई छ ।
प्राविधिबाट टाढा रहेका कृषकहरुलाई स्वस्थ्य पशु पालन गरी स्वच्छ पशुजन्य पदार्थ दुध, फुल र मासु उत्पादनमा प्राविधिक परामर्श दिई जन चेतना जगाउने र पशु सेवा शाखाको सेवालाई विस्तार गर्ने उद्देश्यका साथ शिविर सञ्चालन गरिएको शाखा प्रमुख रावतले बताए । शिविरमा किसानहरुलाई पशुपंक्षीहरुमा लाग्ने रोग सम्बन्धी प्रवद्धधानात्मक ज्ञान दिने काम पनि भएको उनको भनाई छ ।





.jpg)