होमपेज / समाज
माघ ११,सल्यान
पेटारीपाखा सामुदायिक वन उपभोक्ता समिति गारखर्क पुतलीबास बागचौर नगरपालिका तीनको अध्यक्षमा कृष्ण प्रकाश के.सी. निर्वाचित भएका छन् । उपभोक्ता समितिले भेलाले केसीलाई सर्वसहमतिमा अध्यक्षमा निर्वाचित गरेको हो ।
जसको उपाध्यक्षमा चुडामणी डाँगी, सचिव उमहर्ष डि.सी., सह सचिव चन्द्र प्रकाश डाँगी र कोषाध्यक्षमा तिला डाँगी निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा पर्मानाथ वली, निर्मला डिसी, होमा शर्मा र खुमा वि.क. रहेका छन् । पछि दुई थप्ने गरी समिति गठन गरिएको नवनिर्वाचित सचिव उमहर्ष डिसीले बताए । नवनिर्वाचित पदाधिकारीहरुलाई बागचौर नगरापलिका तीनका वडाध्यक्ष टिकाराम केसीले टिका लगाएर शुभकामना दिएका थिए ।