होमपेज / समाज
पुस २५,सल्यान
सल्यान गेट निर्माण अभियानका अभियन्ताहरुको बिशेष भेला शनिबार श्रीनगरमा सम्पन्न भएको छ । भेलाले अबको एक हप्ता भित्र प्राविधिक काम सम्पन्न गर्ने र तत्काल गेट निमार्णको कार्य थालनी गर्ने निर्णय गरेको छ ।
गेट निर्माण अभियानलाई सहज बनाउन कपुरकोटमा सम्पर्क कार्यालय सञ्चालन गर्ने र यसको जिम्मेवारी अभियन्ता धुर्बराज वलीलाई दिने पनि निर्णय गरेको छ ।
सल्यानको पहिचार झल्किने गरी गेटको निर्माण गरिने धुर्वराज वलीले जानकारी दिए । सल्यान र दाङको सिमाना नजिकै गेट निमार्ण गरिने उनको भनाई छ ।
गेट निमार्णका लागि यस अघि युवाहरुले अभियान नै सञ्चालन गरे स्वदेश तथा विदेशबाट रकम संकलन गरेका थिए । कर्णाली प्रदेशको प्रवेशद्धारको रुपमा रहेको उक्त स्थानमा गेट निमार्ण गरिने उनको भनाई छ ।





.jpg)