ट्रेण्डिङ

होमपेज / समाज

छत्रेश्वरी गाउँपालिकाले दियो प्रहरीलाई मोटरसाइकल

  सल्यान खबर २०७७ पौष २४ गते शुक्रबार १६:२०:१६ मा प्रकाशित

पुस २४,सल्यान 
  जिल्लाको छत्रेश्वरी गाउँपालिकाले जिल्ला प्रहरी कार्यालय सल्यानलाई मोटरसाइकल प्रदान गरेको छ । शान्ति सुरक्षामा थव मद्दत पुर्‍याउने भन्दै गाँउपालिकाले एक थान मोटरसाइकल प्रदान गरेको हो । 

गाउँपालिका अध्यक्ष सन्तोष के.सी.ले सल्यान प्रहरी प्रमुख गोविन्द थापालाई मोटरसाइकलको साँचो हस्तान्तरण गरेका छन् । हस्तान्तररण गरिएको मोटरसाइकलन प्रहरी चौकी भोटेभौरमा प्रयोग गरिने भएको छ । 

कार्यपालिकाको बैठकबाट सुरक्षाकर्मीलाई मोटरसाइकल खरिदको निर्णय गराएर होन्डा कम्पनीको एक थान मोटरसाइकल खरिद गरि हस्तान्तरण गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर खड्काले बताए।

मोटरसाइकल हस्तान्तरण कार्यक्रममा प्रहरी नायब उपरीक्षक  थापाले पालिकाबासीको सुरक्षाको निम्ति यातायातको साधन उपलब्ध बनाएकोमा गाउँपालिकालाई धन्यवाद ब्यक्त गरे । । उपलब्ध बनाएको सवारी साधनले प्रहरीको कार्य थप प्रभाबकारी बन्ने बिश्वास उनको रहेको छ । पालिकाबासीको शान्ति सुरक्षाको लागि पहिले भन्दा द्रुत गतिले कामहरु अगाडि बढाइने उनले बताए। 

गाउँपालिका अध्यक्ष सन्तोष केसीले शान्ति सुरक्षाका निम्ति सवारीसाधन एक महत्त्वपूर्ण पाटो भएकाले मोटरसाइकल उपलब्ध गराएको बताए।
सवारीसाधन भयो भने प्रहरी जुनसुकै समयमा पनि सम्बन्धित ठाउँमा पुग्न सहज हुने  मोटरसाइकल हन्तारण गरिएको उनको भनाई छ । । जनतालाई सुरक्षाको अनुभूति गराउनको लागि गाउँपालिकाले हर सहयोग गर्ने अध्यक्ष केसीको दावी रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top