होमपेज / समाज
फागुन १४, सल्यान
सल्यान बनगाड कुपिन्डे नगरपालिका सल्लीबजारका अपांग देव बहादुर बुढा क्षेत्रीले गिट्टी कुटेर चार जनाको परिवार पाल्दै आइरहेका छन् ।
भेरी नदी किनारमा दैनिक गिट्टी कुटेर चार जनाको परिवार पाल्दै आएका हुन । दुवै खुट्टा जन्मजात अपांगता भएका बुढा क्षेत्रीले दिनभर ३÷४ बोरी गिट्टी कुटेर परिवार पाल्दै आएका छन् ।
विगत ६ वर्षदेखि गिट्टीको भरमा परिवार पाल्दै आएको बुढा क्षेत्रीले बताए । उनले भने एक बोरी गिट्टीको ६० रुपैयाँका दरले र प्रति ट्याक्टर ६ हजारका दरले विक्री गर्दै आइरहेको छु यस्तै बालुवा प्रति ट्याक्टर २ हजारका दरले विक्री हुदै आइरहेको छ ।
बालुवा गिट्टीबाट आएको पैसाले छोराछोरीहरुलाई शिक्षा दिने गरेको उनको भनाई छ । शरिरका दुवै खुट्टा पुर्ण अपांग भएको बुढाको राज्यले दिएको अपांगता भत्ता १ हजार ६ सय रुपैयाँले खाना लाउन नपुगे पछि गिट्टी कुटेर जिवनयापन गरेको उनका गुनासो छ ।
ख वर्गको परिचय पत्र भएकोले अपांगता भत्ता समेत कम भएको बुढाले दुखेसो छ । विहान ६ वजे देखि वेलुकी ६ वजे सम्म गिट्टी कुटेर दिन वित्ने गरेको छ ।
बुढा क्षेत्रीसँगै उनकी श्रीमती चन्द्रमती बुढाले पनि गिट्टी कुट्र्दै आइरहेकि छन् । कार्यालय सहयोगी भएर काम गर्ने इच्छा भए पनि कोही कसैले वास्ता नगरेको चन्द्रमतीको भनाई छ ।
मजदुरी गररै अन्य सम्पत्ति जोड्न परै जावस खानलाउन समेत हम्मे हम्मे भएको परिवारको दुखेसो छ । जति सुक्कै जोडो होस वा चर्को गर्मी भए पनि अपांगता बुढा दिनभर गिट्टी कुटेरै दिन वित्ने गरेको छ । अन्य आम्दानीको उपाए केहि नभए पछि सवै परिवाले मजदुरी गररे साँझ विहानको छाक टार्नु परिरहेको जीवनका श्रीमती चन्द्रमती बुढाको भनाई छ ।





.jpg)