होमपेज / समाज
मंसिर ३०,सल्यान
वागचौर नगरपालिका ३ चौरपानीमा लिफ्ट खानेपानी योजना सञ्चालनमा आएको छ । बस्ति भन्दा तल खानेपानी भएकाले यहाँका वासिन्दा लामो समय देखि सास्ती ब्यहोर्दे आएका थिए । खानेपानी योजना सञ्चालनमा आएपछि चौरपानी वजार आसपासका स्थानीयलाई खानेपानीको सहज आपुर्ति भएको छ ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष शेरवहादुर शाहीले चौरपानी वजार भन्दा २ सय ५० मिटर तलवाट पानी सोलार सिस्टम प्रयोग गरी लिफ्ट खानेपानी योजना सञ्चालनमा आएको वताए । उनका अनुसार खानेपानी योजना निर्माण भएपछि ६५ भन्दा बढी घरधुरी लाभान्वित भएका छन् ।
खानेपानी सिचाई तथा उर्जा विकास कार्यालय सल्यानले योजना निर्माणका लागि ५० लाख रुपियाँ खर्च गरेको छ । खानेपानी वितरणका लागि ३० हजार घटमिटरको ट्याकी निर्माण गरिएको छ ।
खानेपानी योजना सञ्चालनमा आएपछि चौरपानी बजारवासीले आफ्नो दैनिकीमा सुधार आउने वताएका छन् । स्थानीय दशरथ शर्माले खानेपानीको अभावमा वजार विस्तार भएको थिएन भने बस्ति छोडी जाने समस्या रहेको अब उक्त समस्या समाधान भएको छ । उनका अनुसार उच्च भुभागमा रहेको वस्तिमा खानेपानी पुगेपछि स्थानिय खुसी भएका छन् ।
खानेपानी योजनाको उद्घाटन गर्दे कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले हरेक वस्तिमा खानेपानी पुर्याउन सरकार लागि परेको वताए । उनले भने सल्यान लगायतका पहाडी वस्तिमा खानेपानीको अभाव छ । खानेपानी आपुर्ति गर्न आवश्यक योजना सहित प्रदेश अघि वढेको छ ।
कर्णाली प्रदेश सरकार सडक, शिक्षा, खानेपानी, बिद्युक्त लगाएतका क्षेत्रलाई जोड दिएर काम गरिरहेको ज्वालाले भनाई छ । सल्यान जिल्लका मुख्य मुख्य सडकको कालो पत्रे र स्तोरोन्तीको काम भई रहेको उनको भनाई छ । सल्यान खलंगा वालुवासंग्रही, थारमारेर चौरजहारी, काभ्रा रामपुर सडकमा काम भैरहेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भीम प्रकाश शर्माले पूर्वाधार विकास निर्माणका कामलाई सरकारले अघि वढाएको वताए। उनले भने सडक,खानेपानी, विद्युतिकरण आदि काम भएका छन् । यसले जनतको जीवन स्तरमा परिवर्तन ल्याउने छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख हरिप्रकाश वुढाथोकी, नेकपा कर्णाली प्रदेश सदस्य टिकाराम वली दर्शन, सुम्निमा डिसी लगायतले मन्तब्य राखेका थिए ।





.jpg)