ट्रेण्डिङ

होमपेज / समाज

ग्रामीण युवा सरोकार केन्द्र रुकुम पश्चिमको २ दिने त्रिवेणी कार्यशाला गोष्ठी सम्पन्न

  सल्यान खबर २०७७ मंसिर २८ गते आइतबार १८:२६:५३ मा प्रकाशित

प्रकाश देवकोटा २८, मंसिर २०७७ 
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा गाउँ कार्यपालिका जनप्रतिनिधी तथा सरोकारबालाहरुसँग २ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।  

ग्रामीण युवा सरोकार केन्द्र रुकुम पश्चिमद्वारा त्रिवेणी गाउँपालिकाले निर्माण गरेका कानुन र आवश्यक कानुनहरुको पहिचान तथा स्थानिय तहमा कानुन निर्माण प्रक्रियाका बारेमा गाउँ कार्यपालिका जनप्रतिनिधि तथा सरोकारबालाहरुसँग २ दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको हो । 

 त्रिवेणी गाउँपालिका रुकुम पश्चिमका अध्यक्ष झक्कुप्रसाद घर्ती मगरको अध्यक्षतामा भएको उक्त कार्यशाला गोष्ठीमा प्रशिक्षक द्वय अधिवक्ता गणेश हमाल र अधिबक्ता ललित कुमार बुढाले विषय गत रुपमा कार्यपालिका सदस्यहरुलाई प्रशिक्षण दिएका थिए । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गाउँपालिका कमिटी अध्यक्ष गणेश कुमार खड्काको उपस्थितीमा भएको कार्यक्रमको आर्थिक एवं प्राविधिक व्यवस्थापन ग्रामिण युवा सरोकार केन्द्र रुकुम पश्चिमले गरेको  थियाे भने कार्यक्रमको सञ्चालन संस्थाका जिल्ला फिल्ड सहायक मोतीराम विकले गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top