होमपेज / समाज
सल्यान २६, मंसिर ।
सल्यानको शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारीले सामुदायिक रेडियो प्रतिको आमनागरिकको बिश्वास बढेको बताएका छन् ।
पछिल्लो समयमा सञ्चारका बिभिन्न माध्यमहरु स्थापना तथा सञ्चालन भैरहे पनि रेडियो प्रति आम नागरिकको बिश्वास नघटेको बताए । रेडियो राप्ती एफ.एम।.१०४.८ मेगाहर्ज सल्यानको १३ औँ बार्षिकोत्सवका अबसरमा शुक्रवार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
अधिकारीले अहिले छिटो सचना प्रवाह गर्ने होडबाजीमा लागेर गलत सुचनाहरु पनि सार्वजनिक हुने र यसले आमनागरिकमा नकारात्मक प्रभाव पार्ने बताए । ‘उनले भने छिटो सुचना प्रवाह गर्ने होडवाजीमा लागेर गलत सुचना प्रवाह भैरहेका छन्, सामाजिक सञ्जाल तथा अन्लाइन प्रति नागरिकको बिश्वास कम भएको छ, यस्तो अबस्थामा नागरिकको सुचनाको भरपर्दो माध्यम नै रेडियो हो’ ।
उनले बर्षौ देखी रेडियोले प्राप्त गरेको बिश्वासलाई जीवन्त राख्नको लागी सक्रियताका साथ लाग्न रेडियो परिवारलाइ आग्रह गरे। ‘आवाज विहिनको आवाजको रुपमा रेडियोले काम गर्नुपर्छ, रेडियो समाजको ऐना हो, यसले सत्य र तथ्य मात्रै बोल्नुपर्दछ’ उनले भने ‘समाजमा पछि परेका नागरिकको आवाज बुलन्द गर्दै रेडियोले समाचारमुलक, चेतनामुलक र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारणमा जोड दिनुपर्दछ ।’
नगरप्रमुख अधिकारीले सबैको पहुँच र सुचनाको भरपर्दो साधन रेडियो भएको बताए । ‘नागरिकले जहाँ पनि, जता पनि, जति बेला पनि रेडियोबाट सुचना प्राप्त गर्न सक्छ’ उनले भने ‘रेडियोको बृद्धि र विकासको लागी सबै पक्ष मिलेर लाग्न आबश्यक छ ।’ विगतका बर्षहरुमा पनि नगरपालिकाले रेडियोसँग सहकार्य गरेर काम गरेको र आगामी दिनहरुमा पनि सहकार्य तथा समन्वय गर्न तयार रहेको उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत धिरेन्द्र भण्डारीले समुदायका नागरिकले समुदायका लागी नै रेडियो स्थापना गरेकाले समाजको भलाई र हितमा हुने गरी काम गर्न सुझाव दिए । यस्तै सल्यान प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक गोबिन्द थापाले छिटो सुचना प्रवाह गर्दा गलत सन्देश समाजमा जानेभएकाले सत्यतथ्यमा रहेर सुचना समाचार सम्प्रेषण गर्न सुझाव दिए।
यस्तै पत्रकार खकेन्द्र केसीले जिल्लामा दर्जनौँ सञ्चार माध्यम स्थापना भैसकेको अबस्थामा रेडियो राप्तीले अभिभावकिय भूमिका निर्वाह गरेको र आमनागरिकबाट पाएको बिश्वासलाई जीवन्त राख्न अझै सक्रियताका साथ काम गर्नु पर्ने बताए ।
शारदा मिडिया संगमका अध्यक्ष गौतमले सुचनाको पहुँचबाट टाढा भएका नागरिकहरुलाई सुचनाको पहुँच भित्र ल्याउने उद्धेश्यले २०६४ साल मंसिर २६ गते रेडियोले नियमित प्रशारण शुरु गरेको जानकारी दिए ।





.jpg)