होमपेज / समाज
सावित्रा बस्नेत मंसिर २३,सल्यान
मानब अधिकार एंव १६ दिने लैंगिक हिंसाको अबस्था सम्बन्धी जिल्ला स्तरिय कार्यशाला मंगलबार सल्यानको खलगाँमा सम्पन्न भएको छ । दलित विकास समाज सल्यानले आयोजना गरेको कार्यक्रममा लैंगिक हिंसा यसको असर र न्यनीकरण, यसको प्रकार ,यसका स्वरुपहरुको विषयमा छलफल भएको थियो ।
कार्यक्रममा शारदा नगरपालिका उपप्रम्ख सावित्रा वस्नेतले महिला हिसां न्यूनिकरणका लागि पुरुषहरुको पनि योगदान आवश्यक ह्ुने वताइन । महिला हिंसा अन्त्य गर्नका लागि महिलाको एकल प्रयासबाट मात्र सम्भव नहुने बताउँदै बस्नेतले महिला पुरुष दुवैको सहकार्य हुन जरुरी रहेको दावी गरिन । आय आर्जन र उत्पादन वढाएर महिला शसत्तिकरण गर्न सरोकारवालाले लगानी वढाउनु पर्ने उनको भनाई छ ।
कार्यक्रममा इनसेक प्रतिनीधि मिना बुढाथोकीले सहजिकरण गरेकी थिइन । कार्यक्रममा जनप्रतिनीधि ,महिला अधिकारकर्मी ,प्रहरी महिला सेल र पत्रकारहरुको सहभागिता रहेको थियो ।
दलित विकास समाजका सल्यानका अध्यक्ष निमवहादुर नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।





.jpg)