ट्रेण्डिङ

होमपेज / समाज

न्यायको विषयमा बुझ्नु पर्ने र पाउनु पर्नेले न्याय पाउन सकेन

  सल्यान खबर २०७७ मंसिर २२ गते सोमबार १७:३७:४० मा प्रकाशित

मंसिर २२,सल्यान 
सल्यानका खलंगामा आयोजित एक कार्यक्रममा बोल्ने बक्ताहरुले न्यायको विषयमा बुझ्नु पर्ने र पाउनु पर्नेले वास्तविक न्याय पाउन नसकेको बताए ।

न्यायको विषयमा बुझाउने भन्दा पनि बुझेकालाई नै बुझाउने प्रयास भइरहेको उनीहरुको भनाई छ । उनीहरुले ग्रामीण क्षेत्रका नागरिकहरुमा न्यायिक क्षेत्रका बारेमा जानकारी नपाउदा समयमा नै न्याय पाउन नसकेको बताउदैँ यस बारेमा जनचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

दलित विकास समाज सल्यानद्धारा सञ्चालित न्यायमा पहुँच परियोजनाले आयोजना गरेको सुलभ, द्रुत र गुणस्तरिय न्यायिक सेवा प्रवाहका लागि स्थानीय संवाद कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै शारदा नगरपालिका उपप्रमुख सावित्रा बस्नेतले न्यायिक समितिले सेवाग्राहीलाई उचित सेवा प्रदान गर्दै आइरहेको बताइन । समिति स्रोत र साधनको बिचमा पनि समितिले न्याय सम्पादनमा उल्लेख्य प्रगति गरेको उनको भनाई छ । 

यस्तै जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण ओलीले कानुन भन्दा माथि कोही पनि हुन नसक्ने बताए । जबरजस्ती करणी, बहुविवाह जस्ता केशमा धेरै लामो समयसम्म अनुसन्धान गर्नु पर्ने भएकाले सेवा प्रवाहमा अलि ढिलाढाला भएको देखिने गरेको उनको भनाई छ । 
नेपाल बार एशोसियसन सल्यानका अध्यक्ष लाल बहादुर रावतले कानुनलाई मात्र प्रमुखता दिने भन्दा पनि घटना प्रकृृति अनसार व्यवहारिकता पनि हेर्नु पर्ने बताए ।  
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top