होमपेज / समाज
मंसिर १२,सल्यान
शारदा नगरपालिका–१ निवासी २७ वर्षीया बलात्कार पीडित महिलालाइ इन्सेकले आर्थिक सहयोग गरेको छ । न्यायका लागी सदरमुकाम आउन जान समस्या भएको पिडीत परिवारले बताएपछि इन्सेकले मंसिर ११ गते दश हजार रुपैयाँ सहयोग गरेको हो ।
बोल्न र सुन्न नसक्ने २७ वर्षीया महिला ०७७ कात्तिक २ गते बलात्कृत भएकी थिइन । आर्थिक अवस्था कमजोर भएका कारण सहयोगको याचना गरेपछि आर्थिक सहयोग गरेको इन्सेक सल्यानले जनाएको छ । जिल्ला अदालतको कार्यालयमा नेपाल बार एशोसिएशनका जिल्ला अध्यक्ष लाल बहादुर रावत र जिल्ला अदालतका मुद्दा फाँट प्रतिनिधी राम बहादुर केसीको रोहबरमा पीडित महिला र उनका बुवालाई इन्सेक जिल्ला प्रतिनिधी मिना बुढाथोकीले रकम हस्तान्तरण गरेकी हुन ।
सहयोग रकम बुझ्दै पीडितका बुवाले यस्तो अफ्ठेरो परिस्थितीमा छोरीलाइ न्याय प्रकृयामा सहज पुर्याउनको लागी इन्सेकले सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरे ।इन्सेकले गरेको यस सहयोगले आफुहरुलाइ ठुलो राहत भएकोउनको भनाई छ । बोल्न पनि नसक्ने र प्रतिकार समेत गर्न नसक्ने अवस्थामा रहेकी छोरीलाइ आरोपितले कात्तिक २ गते राति पीडितकै कोठामा बलात्कार गर्दै गर्दा पीडितकी आमाले देखेपछि छिमेकीले युवकलाई नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेका थिए ।
घटनाका आरोपित शारदा नगरपालिका–१ शान्तिनगर निवासी ३२ वर्षीय शरद रेउलेलाइ प्रहरीले कात्तिक ३ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता लक्ष्मण वलीले जानकारी दिए।शारिरिक रुपमा अशक्त छोरी पहिले पनि करिब तीन वर्ष अघि बलात्कारको शिकार भएको बताउँदै पीडीतका बुवाले बलात्कार पछि छोरालाइ जन्म दिएको र हाल दुबैको पालन पोषणमा समेत समस्याभइ रहेको बताए ।
आफ्नो स्याहार समेत गर्न नसक्ने छोरीको काखमा अहिले ढाइ वर्षको छोरा रहेको पीडितका बुवाले इन्सेक प्रतिनिधि मिना बुढाथोकी लाइ जानकारी दिए । यस्तो अवस्थामा इन्सेकले गरेको यस सहयोगले कानुनी प्रकृयामा सहज पुर्याएको भन्दै उहाँले इन्सेकलाइ धन्यवाद समेत व्यक्त गरेका छन् ।





.jpg)