ट्रेण्डिङ

होमपेज / समाज

गाउँपालिकाले संचालनमा ल्यायो १५ शय्याको अस्पताल

  सल्यान खबर २०७६ फाल्गुण ७ गते बुधबार १७:३०:५७ मा प्रकाशित

फागुन ७, २०७६ रुकुम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले १५ शय्याको अस्पताल संचालनमा ल्याएको छ। गाउँपालिका-७ छोटेबगरमा अस्पताल संचालनमा ल्याएको हो। संविधानमा व्यवस्था भएको प्रत्येक नागरिकको आधारभूत स्वास्थ्य सेवालाई सुनिश्चित गर्नका लागि आफ्नै लगानीमा अस्पताल संचालनमा ल्याइएको गाउँपालिका अध्यक्ष नरबहादुर पुनले जानकारी दिए।

अस्पताल संचालनमा आएपछि अब सानीभेरी गाउँपालिकावासीले गाउँमै चिकित्सकीय सेवा पाएका छन। गाउँपालिकाले अस्पतालका लागि एमबिबिएस डाक्टर कविन बस्नेतलाई नियुक्त गरेको छ। अस्पतालबाट आकस्मिक सेवा, ल्याव सेवा, एक्सरे सेवासहित आधारभूत चिकित्सकीय सेवा प्रदान हुने गाउँपालिकाका स्वास्थ्य संयोजक छविलाल केसीले जानकारी दिए।  
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top