ट्रेण्डिङ

होमपेज / समाज

जनकल्याण क्याम्पसको चार कोठे प्रशासनिक भवनको शिलन्यास

  सल्यान खबर २०७७ कार्तिक १३ गते बिहीबार १५:४१:५५ मा प्रकाशित

कात्तिक १३, सल्यान 
बागचौर नगरपालिका -२ थारमारेमा रहेको जनकल्याण क्याम्पसको नयाँ भवनको शिलन्यास गरिएको छ । 

बिहीबार कर्णाली प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष भीम प्रकाश शर्माले भवनको शिलन्यास गरेका हुन ।
५३ लाखको लागतमा चार कोठे  प्रशासनिक भवनको शिलन्यास गरिएको छ । विश्वविद्यालय अनुदान आयोग सानोठिमी झक्तपुरको ५० लाख र क्याम्पसको ३ लाख २४ हजार १ सय ५४ रुपैयाँको लागतमा माघ मसान्तसम्म सम्पन्न गर्ने गरी भवनको शिलन्यास गरिएको क्याम्पस प्रमुख पोखरराज भण्डारीले बताए । 

बिएसीएजी सञ्चालनका लागि भौतिक पूर्वाधार निमार्णले तिव्रता पाएको उनको भनाई छ । ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई लक्षित गर्दै विगत वर्षदेखि क्याम्पसले विद्यार्थीहरुलाई सेवा दिदै आइरहेको उनको भनाई छ ।

 शिक्षा, मानविकी र व्यवस्थापन शंकायमा पठन पाठन गराउदै आएको क्याम्पसले आउदो वर्षदेखि बिएसीएजी को पनि पठन पाठन सञ्चालन गर्ने भण्डारीले बताए ।  


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top