होमपेज / समाज
कार्तिक ३, सल्यान
सल्यानमा बोल्न नसक्ने २७ वर्षिय महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन । जिल्लाको शारदा नगरपालिका १ शान्तिनगरमा एक बोल्न नसक्ने महिलालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका ३२ बर्षिय शरद रेउले लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।
आईतबार राति पीडितकै कोठा पुगि जबरजस्ती बलात्कार गर्न खोज्दा महिला चिच्याए पछि छिमेकीले युवकलाई नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेका थिए । रेउलेलाई नियन्त्रणमा लिई थुनामा राखी थप अनुसन्धान भैरहेको सुचना अधिकारी लक्ष्मण ओलीले बताउनु भयो ।





.jpg)