ट्रेण्डिङ

होमपेज / समाज

जिल्ला अस्पताल सल्यानमा कुरुवा आवास गृह सञ्चालन

  सल्यान खबर २०७७ कार्तिक २ गते आइतबार १८:१४:०२ मा प्रकाशित

कात्तिक २, सल्यान 
जिल्ला अस्पताल सल्यानमा कुरुवा आवास गृह सञ्चालनमा आएको छ । अस्पतालमा उपचारका लागि आएका आफन्त र पोष्टमार्टमका लागि ल्याइएका मृतकका आफन्तले प्रयोग गर्ने गरी कुरुवा आवास गृह सञ्चालन आएको हो ।  

आइतबार कुरुवा गृहको औपचारिक उद्घाटन गरिएको छ ।  सल्यान अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रकाश वलीले  टाढाबाट आएका विरामीका आफन्तलाई वस्न सहजताका लागि कुरुवा आवास गृह सञ्चालनमा  ल्याएको वताए । उनका अनुसार राति अस्पताल आएका विरामीका आफन्त र पोष्टमार्टमा ल्याएका मृतकका आफन्तलाई वस्ने ब्यवस्था गरिएको उनको भनाई छ ।

जिल्ला अस्पताल सल्यानले सञ्चालन गरेको क्यान्टिन ब्यवस्थापकले कुरुवा आवास गृहको रेखदेख गर्नेछन् । 
यसै विच सल्यान अस्पतालमा दन्त शल्यक्रिया र एक्सरे मेशिन पनि सुरु भएको छ । 
स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख दशरथ श्रेष्ठले  सल्यान अस्पतालको सेवालाई गुणस्तरीय र प्रभावकारी वनाउन प्रयत्नशिल रहेको बताए  ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top