होमपेज / समाज
असोज ३०, सल्यान
सल्यानमा शुभकामना आदान प्रदान गरी६५औ प्रहरी दिवस मनाईएको छ ।
दिवसका अवसरमा जिल्लामा कार्यसम्पादनमा उत्कृष्ट प्रहरीलाई सम्मान गरिएको छ । उत्कृष्ट कार्य गरे वापत प्रहरी सहायक निरिक्षक रामराज चौधरी, प्रहरी हवल्दार टिकाराम विक, पोषण केसी, गणेश वहादुर खत्री, प्रहरी जवान गणेश रावत, पुस्पा शाही, रामवहादुर घर्ति , जिल्ला प्रहरी कार्यालयमा कार्यरत कार्यालय सहयोगी टोवहादुर गिरी पुरस्कृत गरेको छ ।
यस्तै प्रहरीसंगको सहकार्यलाई प्रभावकारी वनाएर शान्ति सुरक्षा कायम गर्न सहयोग गर्ने समाजिक संघ संस्था र ब्यक्तिलाई सम्मान गरिएको छ । सम्मानीत हुनेमा शारदा नगरपालिका सल्यान, नेपाल पत्रकार महासंघ सल्यान, उद्योग वाणिज्य संघ सल्यान, रेस नेपाल, कपुरकोट गाउँपालिका ५ रिमका कृष्णलाल कामी, वागचौर नगरपालिका २ का नवराज डाँगी, श्री त्रिभुवन जन माध्यामिक विद्यालय लुहापिङ्गलाई संस्थागत सम्मान गरिएको छ ।
प्रहरी दिवसलाई सम्वोधन गर्दै प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ्गले राज्यमा विधिको शासन र लोकतन्त्रलाई संरक्षण प्रवद्र्धन गर्न नेपाल प्रहरीको भूमिका रहेको वताए। उनले जनतामा राज्य रहेको ,सरकार भएको अनुभुति दिलाउने संगठन भएको उनको भनाई छ।
मानव जिवन र मानव अधिकारलाई शान्ति सुरक्षावाट मात्र प्रत्याभुत हुने भएकाले विकास र मानविय विकासलाई सुनिश्चित गनेमा उहाको जोड रहेको थियो ।
दिवशका अवसरमा आयोजीत जिल्लामा शान्ति सुरक्षा कायम गर्ने क्रममा ज्यानको आहुति दिने ४१ जना प्रहरीको सम्झनामा निर्माण गरिएको प्रहरी स्मारकमा श्रद्धाञ्जली समेत अर्पण गरिएको छ।
दिवसका अवसरमा आयोजीत विभिन्न प्रतियोगितामा समेत सम्पन्न गरिएको छ । ब्याटमिन्टन सिगल प्रथम दिपक पौडल, द्धितिय पूर्ण केसी, तृतिय सन्देश विकले स्थान प्राप्त गरेका छन् । यस्तै ब्याटमिन्टन डबलमा खगेन्द्र शाही, कमल किम्तोना, द्धितिय लक्ष्मण ओली, दिनवन्धु थापा र तृतिय दिपक पौडेल, प्रेम केसीले हुनु भएको छ ।
टेवुल टेनिस सिगल खेलमा जीतवहादुर वुढाथोकी प्रथम, रामवहादुर खड्का द्धितिय, तृतिय भोजराज केसी भएका छन् । यस्तै टेवल टेनिस युगल खेलमा भोजराज केसी, प्रविण भट्टराई, द्धितिय दिनवन्धु थापा, जीतवहादुर वुढाथोकी ,तृतिय मिना सुनार र कमल केसी स्थान हाँसिल गर्न सफल भएका छन।





.jpg)