ट्रेण्डिङ

होमपेज / समाज

जाजरकोटमा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँचको मृत्यु

  सल्यान खबर २०७७ आश्विन २१ गते बुधबार १७:५६:४१ मा प्रकाशित

असोज २१, २०७७

जाजरकोट: जिल्लाको  जुनिचाँदे गाउँपालिका १ ओलभीरमा भे१ज९३५ नम्बरको जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा वडा नं ११ का वडाध्यक्ष अमरबहादुर शाही , कृति शाही,  ख्यामबहादुर शाही , वडा ५ की  मालिका बस्नेत, कृष्णबहादुर शाही मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले जानकारी दिए। त्यस्तै दुईजना पानीमा बेपत्ता भएको उनले जानकारी दिए। 

जुनिचाँदे गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगाबाट पराले जाँदै गरेको जिप दुर्घटना परेको हो।  जिपमा सवार जुनिचाँदे ११ का नरबहादुर बुढा घाइते भएका छन्। जिप खोलामा परेको छ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top