ट्रेण्डिङ

होमपेज / समाज

गरिबी निवारण कोष र यूवा तथा साना व्यवसायी स्वरोजगार कोष बिच सहकार्य हुने

  सल्यान खबर २०७७ आश्विन ८ गते बिहीबार २०:४३:३३ मा प्रकाशित

असोज ८,सल्यान 
 गरिबी निवारण कोष र युवा तथा साना व्यवसायी स्वरोजगार कोष बिच सहकार्य हुने भएकाे छ । गरिबी निवारण कोषको सचिवालय, ताहाचलमा दुबै कोषका उपाध्यक्ष श्री निर्मल कुमार भट्टराई र कल्याण रोक्का दुई बीचका पदाधिकारीहरुको सम्मिलित बैठक सम्मपन्न भएकाे छ । उक्त छलफलले दुबै निकायहरु बिच स्थानिय तहमा गर्न गरिबी निवारण कोषका उप कार्यकारी निर्देशक श्री अञ्जन न्यौपानेको सम्योजकत्वमा एक कार्यदल गठन गरी १५ दिन भित्र प्रतिबेदन पेस गर्ने निर्णय गरेकाे छ  ।
गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल कुमार भट्टराईले दुई कोषको सहकार्य मार्फत गरिबी निवारण तीव्र रुपमा गर्न सकिने बताए । त्यस्तै युवा तथा साना ब्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष कल्याण रोक्काले स्थानिय तहमा उद्ययमशिलताको विकास गरेर मात्र देशको समृद्घि सम्भव भएको उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top