ट्रेण्डिङ

होमपेज / समाज

परम्परा तोड्दै बाबुको किरिया बसिन १२ वर्षीया किशोरी

  सल्यान खबर २०७७ आश्विन १ गते बिहीबार १८:५०:५४ मा प्रकाशित

भीम बहादुर परियार असोज १, सल्यान
सल्यानमा एक १२ वर्षीया किशोरी हिन्दु संस्कार अनुसार बाबुको किरिया बसेकी छन् । 

छोराले मात्र बाबुआमाको काज किरिया गर्ने परम्परालाई तोड्दै शारदा नगरपालिका १२ की १२ वर्षीया एलिसा परियार किरिया बसेकी हुन । दिवंगत बुवाको किरिया बस्दै उनीले सामाजमा छोरीमाथिको भेदभाव विरुद्ध सन्देश समेत दिएकी छन् । 
दाङ तुलसीपुर उपमहानगरपालिका ५ सम्झना टोलको आफ्नै घरबाट गत भदौ ३० गते छतबाट लडी घाइते भएका कमल परियारको काठमाण्डौमा उपचारको क्रममा मृत्यु भएको थियो । 

आफ्नो बुवाको सपना साकार पार्न आफु किरिया बसेका र छोरीले पनि काजकिरिया गर्न सक्छन भन्ने सन्देश दिन आफु किरिया बसेको परियारको भनाई छ । उनले भनिन ‘बाबुले आफूलाई हुर्काउन भोगेको दुःख, समस्या प्रति कृतज्ञता जनाउँदै म किरिया बसेकी हुँ ।’ 

छोराछोरी बराबर ठानेर पुरुषप्रधान समाजमा महिला सशक्तिकरणका लागि सन्देश दिने उद्देश्यले छोरीले गर्ने किरियालाई महत्व दिएको उनको भनाई छ । 
रुढीबादी र गलत संस्कार तोड्दै आफुले बाबुको किरिया गरि रहेको एलिसाले बताइन । उनले भनिन ‘छोरीले बाबुको मलामी जानु हुँदैन र किरिया गर्नु हुँदैन भन्ने गलत मान्यता हो । बुवाका सन्तान बहिनी र म मात्र हौँ । बुवाले हामी प्रति गरेको त्यागको सम्मान गर्दै किरिया बसेकी छु ।’ 

प्रतिक्रिया

सम्बन्धित खवर

Top