होमपेज / समाज
मालिकामा रोपियो १२ सय ओखरका बिरुवा
सल्यान , माघ २५ । दामागाउँपालिका ४ मा रहेको पर्यटकीय क्षेत्र मा रहेको मालिका सामुदायिक वनमा १हजार २ सय दाँते ओखरका बिरुवा रोपिएको छ । सामुदायिक वनको २० हेक्टर क्षेत्रफलमा बिरुवा रोपिएको दार्मा गाउँपालिकाका प्राविधिक सहायक नेत्रलाल घर्तीले बताउनुभयो । उहाका अनुसार गाउँपालिकाको २ लाख पचास हजार अनुदान तथा सामुदायिक वनको ८० हजार रुपैयाँबाट ओखरका बिजु बिरुवा खरिद गरी सामुदायिक वन क्षेत्रमा रोपिएको हो ।
कृषकहरुलाई व्यावसायिक बनाउने उद्देश्यका साथ सामुदायिक वनमा ओखर रोपिएको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताउनुभयो । दार्मा गाउँपालिकाका ढाकाडामको माथिल्लो भाग जलेखर्क क्षेत्र, चिप्ले, मालिका, स्यालागाउँ ओखरका लागि उपयुक्त क्षेत्र भएको भन्दै उहाँले व्यावसायिक रुपमा ओखर खेती गर्ने लक्ष्य गाउँपालिकाले लिएको बताउनुभयो ।





.jpg)