ट्रेण्डिङ

होमपेज / समाज

किसान महासंघ जिल्ला समन्वय समिती सल्यानको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

  सल्यान खबर २०७६ माघ २५ गते शनिबार १८:४४:४५ मा प्रकाशित

किसान महासंघ जिल्ला समन्वय समिती सल्यानको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
 
सल्यान , माघ २५ 
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल नेपाल किसान महासंघ जिल्ला समन्वय समिती सल्यानको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम खलंगा स्थित पार्टी कार्यालयमा शनिबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा महासंघका दस वटै स्थानीय तहका संयोजक तथा सहसंयोजक, किसान महासंघसंग  आबद्ध विभिन्न १६ वटा संघका संयोजक तथा  सहसंयोजकहरुलाई सपथ ग्रहण गराइएको थियो । जिल्लामा ५४ सदस्यीय जिल्ला महासंघ रहेको छ । सपथ ग्रहण कार्यक्रममा बोल्दै अखिल नेपाल किसान महासंघका कर्णाली प्रदेशका संयोजक कृष्ण बिसीले कृषिको व्यवसायिकरण गर्न आबश्यक रहेको बताउनुभयो । देशका ६० प्रतिशत नागरिकलाई बर्ष दिन भरी कृषि गरेर खान नपुग्ने गरेको उहाँको भनाई छ । उहाँले परम्परागत तरिकाले कृषि पेशा संचालन गर्न नसकिने बताउनुभयो । कर्णालीका जनताले २७ प्रतिशत मात्रै उत्पादन गरेको आफुलाई पुग्ने बताउदै सल्यान, सुर्खेत र रुकुम पश्चिम मात्रै खाद्यान्नमा आत्मनिर्भर भएको बताउनुभयो । कृषि पेशाका लागि थुप्रै सम्भावना भएपनी यस विषयमा सोच्न आबश्यक रहेको बताउनुभयो ।  किसान महासंघ किसानहरूको महासंघ भएकोले किसानको पक्षमा काम गर्ने बताउनुभयो । उहाँले बदलिँदो ब्यबस्था संगै किसानको अवस्था परिबर्तन हुनुपर्नेमा जोड दिनुभयो ।     
नेकपाका प्रदेश कमिटी सदस्य भिम प्रकाश शर्माले सरकार र पार्टीले किसानमुखी कार्यक्रम संचालन गर्नु पर्नेमा जोड दिनुभयो ।
सल्यानमा सत्तामा रहेका नेताहरुले आ आफ्ना मान्छे खोज्दै  उपभोक्ता समिति गठन गर्ने र रकम असुल्ने गरेको गुनासा आउन थालेकाले   किसान संगठनले पार्टी र सरकारका काममा निगरानी समेत वढाउनु पर्ने शर्माले जोड दिनु भयो ।
कार्यक्रममा नेकपा कर्णाली प्रदेशका सदस्य टिकाराम वली,  अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला ईञ्चार्ज कलिराम वली लगायतले मन्तब्य राख्नु भएको थियो ।
जिल्ला अध्यक्ष  प्रेम डाँगी अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत जिल्ला सह इञ्चार्ज प्रेमा अधिकारीको रहेको थियो भने, सञ्चालन मन विर वस्नेतले गर्नु भएको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top