ट्रेण्डिङ

होमपेज / समाज

दैलेखमा अत्याधिक रक्तस्रावका कारण एक सुत्केरीको मृत्यु

  सल्यान खबर २०७७ भाद्र १३ गते शनिबार १४:२३:२७ मा प्रकाशित

२०७७ भदौ १३ गते 

 दैलेखको ठाटीकाँध गाउँपालिकामा अत्याधिक रक्तस्रावका कारण एक सुत्केरीको मृत्यु भएको छ ।

गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भदौ १२ गते सुत्केरी भएकी ठाटीकाँध–१ सिराडीकी २३ वर्षीया पार्वती शाहीको रक्तस्राव नरोकिएपछि प्रदेश अस्पताल सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

सुत्केरी शाहीले समयमै उपचार नपाउँदा मृत्यु भएको उहाँका जेठाजु टेकबहादुर शाहीले बताउनुभयो ।

दरबन्दीका डाक्टर स्वास्थ्य केन्द्रमा नभएकाले उपचारको अभावमा सुत्केरी शाहीको अत्याधिक रक्तस्रावका कारण मृत्यु भएको स्थानीयले बताएका छन् ।

शाहीको अत्याधिक रक्तस्रावका कारण मृत्यु भएपछि गाउँपालिकास्थित स्वास्थ्य केन्द्रमा तालाबन्दी गरिएको छ । सुत्केरीको मृत्युपछि स्थानीयले स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका हुन् ।

स्वास्थ्य केन्द्रका निमित्त इन्चार्ज लक्ष्मी रावतले आवश्यक सामग्री र डाक्टर नहुँदा उपचारमा कठिनाइ भएकाले सुत्केरी बचाउन नसकिएको बताउनुभयो ।

मृतक शाहीको शव स्वास्थ्य केन्द्रमा राखिएको छ भने बच्चाको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top