ट्रेण्डिङ

होमपेज / समाज

सुर्खेतमा अरिंगालको टोकाइबाट बालकको मृत्यु

  सल्यान खबर २०७७ भाद्र १३ गते शनिबार १४:२१:११ मा प्रकाशित

 २०७७ भदौ १३ गते 

 पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–६, माथिल्लो भाप्रका ७ वर्षिय बालकको अरिंगालको टोकाइबाट मृत्यु भएको छ ।

वन ज्योति माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत खगेन्द्र बयकको गएराती ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार बयकलाई गुटु स्वास्थ्य चौकीमा उपचारका लागि लैजाने क्रममा राती नौ बजे मृत्यु भएको हो । माथिल्लो भाप्रको रातीमाटे डाँडामा गाईगोरु चराउन गएका बेला शुक्रबार दिउँसो चार बजे बालकलाई अरिंगालले टोकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top