होमपेज / समाज
भदौ १२, सल्यान
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
दैलेख अस्पताल दैलेखमा ११ , चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिमा २ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ६ जना गरी १९ जनामा कोरोना पुष्टि भएको छ ।
चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा सल्यान दार्मा गाउँपालिका वडा न २ का ४ र २४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेखका ११ जनामा कोरोना पुष्टि भएको छ । दैलेख नारायण नगरपालिका १ का १४, ३८, ५०, ५१ वर्षीया महिला वडा न १ कै २८, ३५, ४३ र ५५ वर्षका पुरुष रहेका छन । वडा न ५ की ६० वर्षीया महिला र २० र ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरीएको परीक्षणमा जुम्ला हिमा गाउँपालिका १ का २० र २४ वर्षीय पुरुष, वडा न ३ की २७ वर्षीया महिला र ४९ वर्षीय पुरुष, वडा न ७ का ४१ वर्षीय पुरुष र सिंजा गाउँपालिका वडा न ५ का ३३ वर्षीय पुरुष रहेका छन् ।
यससँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या २ हजार ३ सय ६३ पुगेको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न आइसोलेसनबाट १५ जना डिस्चार्ज भएका छन् । कर्णाली प्रदेशमा आइसोलेसनमा रहि उपचार गराई रहेका सक्रिय विरामीको संख्या ३ सय १७ रहेको छ ।





.jpg)