ट्रेण्डिङ

होमपेज / समाज

कर्णालीमा मा १८ जना नयाँ संक्रमित थपिदा १५ डिस्चार्ज

  सल्यान खबर २०७७ भाद्र ९ गते मंगलबार १७:५२:१० मा प्रकाशित

भदौ ९, सल्यान 
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा १८ जनामा कोरोना पुष्टि भएको हो । 

प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ५, दैलेखका २, सल्यानका २, धनुषाका १ र कञ्चनपुरका १ गरी ११ जनामा पुष्टि भएको छ । 

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका ४, दैलेखका १ र हुम्लाका १ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा सुर्खेतले जनाएको छ । दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा १ जनामा कोरोना पुष्टि भएको छ । 

यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय १३ पुगेको छ । पछिल्लो २४ घण्टामा १५ जना डिस्चार्ज हुँदा हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ७ रहेको छ । प्रदेशमा ६ जनाको मृत्यु हुँदा ३ सय सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top