ट्रेण्डिङ

होमपेज / समाज

वाफुँखोलाका २५ घर परिवार विस्थापित

  सल्यान खबर २०७७ भाद्र ५ गते शुक्रबार १२:००:१६ मा प्रकाशित

भदौं ५, सल्यान 
बाढी पहिरोले जिल्लाको बागचौर नगरपालिका १२ वाफँुखोलाका २५ घरपरिवार विस्थापित भएका छन् । बाढी पहिरोले घर बगाउँदा २५ घरपरिवार विस्थापित भएका हुन । 

बुधबार राती आएको बाढी पहिरोले वाफुँखोला जरेपानीका गंगाराम डाँगीका दुई घर र सुर्य बहादुर वलीको एक घर बगाएको १२ न वडाध्यक्ष दिपक वलीले जानकारी दिए । यस्तै बाढी पहिरोले  ओखरेनी, अध्यारे, भयारथानका २३ घरमा पनि क्षति पु¥याएको उनको भनाई छ ।

 विस्थापितहरु मध्ये केही आफन्तको घरमा बसी रहेको र केही विद्यालयमा बसी रहेको अध्यक्ष वलीले बताए । अझै वर्षा भए एक सय भन्दा बढी घरपरिवार विस्थापित हुने उनको भनाई छ । भारी वर्षा पछि वडाका अधिकांश स्थानमा पहिरो आएको उनको भनाई छ । 

बाढी पहिरोले १ करोड भन्दा बढीको क्षति गरेको वडाध्यक्ष वलीले बताए । बाढीले घरभित्र रहेको अन्नवाली, बारीमा रहेको बालीनाली सबै बगाएको उनको भनाई छ । 
२०७५ सालमा शोही ठाउँमा आएको पहिरोले एकै घरका दुई जनाको ज्यान गएको थियो भन् २०७२ मा आएको बाढीले १२ दोभान बजारका पसल बगाएको थियो । 

छत्रेश्वरी गाउँपालिका २ दहखोलामा २ घर भत्किए, दर्जन बढी घर पहिरोको जोखिममा 

छत्रेश्वरी गाउँपालिका २ दहखोलामा अविरल वर्षाले २ घर भत्काएको छ । अविरल वर्षाले गोपाल वि.क. र टिकाराम बस्नेतको घर भत्काएको २ न वडाध्यक्ष प्रेम खड्काले बताए । 

वर्षा पछि आएको बाढीले लक्ष्मण केसी, प्रेम केसी, विशाल पुन, तेज बहादुर कंवर, गौरीलला ओली, डिल्ली बहादुर ओली, जनक ओली, भिउसेन सुनार, पवित्र वि.क., डिल्ली दमाई, दल बहादुर ओली, टोप बहादुर डाँगी, टोप बहादुर ओली, केशरी खड्का, कृति बहादुर बस्नेत, खड्क पुन, प्रेम नेपाली लगायतका घरहरु उच्च जोखिममा रहेको उनको भनाई छ । 
बाढी पहिरोले एक करोड बराबरको अन्नबाली, फलफुलमा क्षति पु¥याएको वडाध्यक्ष खड्काले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top