ट्रेण्डिङ

होमपेज / समाज

मकैबाली बाँदरले सखाप पारेपछि सल्यानका किसान चिन्तित

  सल्यान खबर २०७७ श्रावण ३० गते शुक्रबार १४:५७:३८ मा प्रकाशित

साउन ३०, सल्यान 
सल्यानका विभिन्न ठाउँमा बाँदरले मकैबालीमा क्षति पुर्‍याएपछि किसान चिन्तित भएका छन् । 

जिल्ला शारदा नगरपालिका वडा न १२ को कागखोला, डाँग्री, तिमिले मुलडाँडामा लगाइएको मकैमा बाँदरले क्षति पुर्‍याएको किसानहरुले बताएका छन् । 
जंगली जनावरले क्षति गर्न थालेपछि मकैको वीउँपनि नउठ्ने होकी भन्ने चिन्ता बढेको किसान भिम बहादुर चलाउनेले बताए । उनले भने किसानहरुले बाँदरले मकै खान थालेपछि बचेका हरियो मकै पोलेर खानलाई मात्र भएपनि भाँच्न थालेका छौं । 

विगतका वर्षहरुको तुलनामा यो वर्ष बाँदरले बढी क्षति गरेको उनको भनाई छ । मानिस र कुकुर हेरालो बसे पनि बाँदरले छक्काएर मकै खाने गरेको किसानहरुको गुनासो छ । 

मानिस र कुकुर हेरालो बस्दा तथा विभिन्न बुख्याचा बनाउँदा पनि जंगली जनावरले सताउने नछाडेको चलाउनेको भनाई छ । पाक्दै गरेको मकै बाली बाँदरले नष्ट गर्न थालेपछि खाद्यन्न संकट पर्ने चिन्तामा किसाहरु परेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top