ट्रेण्डिङ

होमपेज / समाज

कालिकोटको महाबैमा पहिरोमा परेर ६ जनाको मृत्यु

  सल्यान खबर २०७७ श्रावण ३० गते शुक्रबार १२:५८:०० मा प्रकाशित

कालिकोटको महाबै गाउँपालिका- ३ मा गएराति गएको पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । स्थानीय रजबहादुर विष्टको घर पहिरोमा पुरिँदा उनका दुई छोरा र दुई छोरीको मृत्यु भएको हाे । 

यसैगरी विष्टका दाजु डिलबहादुरको घर पुरिँदा दुई छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

मृत्यु हुनेमा रजबहादुरका १३ वर्षका छोरा पुष्प, ११ वर्षका प्रवीण,  १८ वर्षकी छोरी सविना र १५ वर्षकी छोरी आशा रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख श्यामबाबु ओलियाले बताए ।

उनका अनुसार डिलबहादुरका १३ वर्षीया छोरी शान्ति र १९ वर्षीया रेखाको पनि पहिरोमा परेर ज्यान गएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top