ट्रेण्डिङ

होमपेज / समाज

सुर्खेतमा भदौ १ गतेदेखि निषेधाज्ञा

  सल्यान खबर २०७७ श्रावण २९ गते बिहीबार २१:१४:३८ मा प्रकाशित

२९ साउन, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले भदौ १ गते देखि लागु हुने निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला स्तरिय कोरोना संकट व्यवस्थापन समितिको बैठकले भदौ १ गते बिहान ६ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म निधेषाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि निषेषाज्ञा लागु गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । ‘पछिल्लो समय संक्रमणको दर बढ्दो छ । रोकथाम र नियन्त्रणका लागि ५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेका छौं,’ उनले भने,‘अत्यावश्यकबाहेकका सबै काम बन्द हुनेछन ।’

onlinekhabar

प्रतिक्रिया

सम्बन्धित खवर

Top