ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा अन्तरजिल्ला आवतजावतका लागि सवारी पास बन्द

  सल्यान खबर २०७७ श्रावण २९ गते बिहीबार १६:४४:२८ मा प्रकाशित

साउन २९, सल्यान 
जिल्ला प्रशासन कार्यालय सल्यानले अन्तरजिल्ला आवतजावतका लागि पास बन्द गरेको छ ।

 गृह मन्त्रालयको निर्देशन अनुसार बिहिबार देखि सवारी पास बन्द गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए । 
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न भन्दै अर्को सूचना जारी नभएसम्मका लागि सवारी पास स्वीकृति पूर्ण रुपमा बन्द गरिएको पोखरेलले बताए । 

एम्बुलेन्स, खाद्यन्न ढुवानी, सञ्चार माध्यम लगायतका पास आवश्यक नपर्ने साधन भने चल्न पाइने उनको भनाई छ । 
गृह मन्त्रालयले बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास बन्द गर्न परिपत्र गरेको थियो । 

सेवाग्राहीको चाप हुने कार्यालयले पालिका अनुसार सेवाग्राहीलाई सेवा प्रदान गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । 
बढी भिडभाड हुने मालपोत, नापी जस्ता कार्यालयमा जिल्लाभारका सेवाग्राही आउने भन्दा हप्तामा पालिकाका सेवाग्राही बोलाउन सेडुल बनाउन र शोही अनुसार काम गर्न भनिएको बताए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top