ट्रेण्डिङ

होमपेज / समाज

शारदा नदीले बगाउँदा सल्यानमा एक जनाको मृत्यु

  सल्यान खबर २०७७ श्रावण २६ गते सोमबार १८:०४:४४ मा प्रकाशित

साउन २६, सल्यान 
शारदा नदीले बगाउँदा सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको कालिमाटी गाउँपालिका १ लक्ष्मीपुर पोखराका २५ वर्षीय लेवाराम रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

सोमबार बिहान शारदा नदी तरी खेतमा जानेक्रममा शारदा नदीले बगाएको प्रहरीको भनाई छ । उनको शव दलपुरेमा फेला परेको प्रहरीले बताएको छ । 
शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top