ट्रेण्डिङ

होमपेज / समाज

मृगौला पिडित महिलालाई सेनाका महिला जवानले रगत दिए

  सल्यान खबर २०७७ श्रावण १९ गते सोमबार १७:५२:५१ मा प्रकाशित

मृगौला पिडित एक महिलालाई सल्यानमा नेपाली सेनाका जवानले रगत उपलब्ध गराएका छन ।जिल्ला अस्पताल सल्यानमा उपचार गराइरहेकि शारदा नगर पालिका स्थायी ठेगाना भएकी ३१ बर्षकी गिता खड्कालाई सबुजगण सिमखर्क ब्यारेक सल्यानमा कार्यरत नेपाली सेनाका जवान  अम्बा रेश्मी र  शारदा अधिकारिले १,१ पौण्ड दिएका हुन ।

अघिपछि पनि जिल्लामा रगत अभाव हुदा सबुजगण सल्यानले रगत उपलब्ध गराउदै आएकोे छ । जिल्ला अस्पतालमा उपचार गरिरहेका अन्य मृगौला बिरामीहरुलाई पनि नियमितरूपमा रगतदान गर्दै आइरहेको सबुज गणका सेनानी राजेश कार्कीले जानकारी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top