होमपेज / समाज
साउन ३, सल्यान
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल बिद्यार्थी संघ, शारदा नगर कार्यसमितिले वि.पि. कोइरालाको स्मृति दिवसको अवसर मा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । दिवसको अवसरमा जिल्ला अस्पताल , सल्यानमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।
ब्लड बैंक नभएको सल्यानमा आज रक्तदान गरिएको हो । स्टोरेज को समस्या भएका कारण आज एक जनाले मात्र रक्तदान गरेको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । अस्पतालमा आज ब्लड ग्रुप जाँच, परेको खण्डमा रक्तदान गर्न नाम टिपोट गरिएको कार्यालयले जनाएको छ ।
आस्था र मूल्य मान्यताको राजनीति गर्ने कोइरालाको जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि राष्ट्रियता , लोकतन्त्र र समाजवादप्रतिको विश्वासमा रत्तिभर आँच नआएको शारदा नगरपालिकाका मेयेर शुरेश अधिकारीले बताए ।





.jpg)