ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा फौजी किराले मकै सखाप पारेपछि किसान चिन्तित

  सल्यान खबर २०७७ असार ३१ गते बुधबार १४:१५:३८ मा प्रकाशित

असार ३१, सल्यान 
फौजी किराले मकै सखाप पारेपछि सल्यानका किसानहरु चिन्तित भएका छन् । मुख्य खाद्यबाली मकै फौजी किराले सखाप पारे पछि किसान चिन्तित भएका छन्  । 

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १ का अधिकांश स्थानमा अमेरिकी फौजी किराले मकै सखाप पारेको किसान विरवल पोख्रेलले बताए । नाम्राका मात्रै ६० घरधुरी बढीले लगाएको मकै किराले सखाप पारेको उनको भनाई छ । 

किराले मकैको पात, डाँठ तथा गुवो खाइदिएको उनको भनाई छ । उनले भने यस अघि लगाएको प्याज खेती पनि रोग लागेर लगानी उठाउन सकिएन अहिले किरा लागेर सबै मकै काटिदियो । 

मुख्य खाद्यन्न बालीका रुपमा लगाएको मकैमा रातारात फौजि किराको प्रकोप बढेपछि भोकमारी लाग्ने चिन्ताले सताउन थालेको अर्का किसान आइते तिरुवाले बताए । उनले भने सिँचाईको अभाव भएपछि खेतमा मकै लगाइयो त्यहि मकै पनि किराले काटि दियो । 

किराको प्रकोपले एकपपछि अर्को गर्दै बाली सखाप पार्न थालेपछि किसानहरुलाई खाद्यन्न अभावको चिन्ताले सताएको छ । किटनाशक औषधि हाल्दा समेत किरा नियन्त्रणमा नआएको तिरुवाको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top