होमपेज / समाज
असार २२, सल्यान
जिल्लाको मुख्य व्यापारिक केन्दै श्रीनगर बजार भित्रको टाउन प्लानिङ क्षेत्रमा निमार्ण गरिएको कालोपत्रको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । सात सय ५० मिटरमा निमार्ण गरिएको नाला सहितको कालोपत्रेलाई शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले उद्घाटन गरेका हुन ।
कर्णाली प्रदेश सरकारको ६० प्रतिसत र शारदा नगरपालिकाको ४० प्रतिशत अनुदान गरि करिव १ करोड २६ लाख रुपैयाको लागतमा सडक कालोपत्रे गरिएको हो।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर अधिकारीले मुख्य बजारक्षेत्रको विकासमा नगरले प्रयत्न गरिरहेको भन्दै यसका लागी सवैको सहकार्य आवस्यक रहेको धारणा राखे ।





.jpg)