ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको बागचौरमा सलहको बिगबिगी

  सल्यान खबर २०७७ असार १८ गते बिहीबार १९:२६:१७ मा प्रकाशित

खिम राज डि.सी. असार १८ गते सल्यान । 
बागचौर नगरपालिकामा सलहको प्रकोप देखिएको छ । नगरपालिकाका विभिन्न वडाहरुमा सलहले क्षति पुयाएको किसानहरुले बताएका छ्न । नगरपालिकाको १वडा न ३ स्थित थाराचौर,रातपहरा र सोतागारमा बुधबार साझ करिब ४ बजे देखि देखिन थालेको सलहले मकै बाली तथा तरकारी खेति देखि नर्सरीमा समेत २५ प्रतिशत क्षति पुर्‍याएको स्थानीयको भनाई रहेको छ । 

छिटफुट रुपमा मंगलबार साझ नै देखिन थालेको सलह किराले आजबाट भने ठूलो क्षति पुर्‍याएको वडा न ३ थाराचौरका किसान चन्द्र बहादुर डिसीले बताए । सलह किराको झुन्ड खेतिबारी तिर लागेपछि गाउँबासिहरु हातहातमा ठुलो आवज आउने मादल,टिन लगायतका बस्तुहरु बजाउदै  भगाउन बारीमा पुगेको उनको भनाई छ । 

खेतबारिमा होहल्ला सहित ठाउँ ठाउमा आगो बाले पछि धुँवा र बाजागाजाको आवाजले सलह केही मात्रामा भागेको  सोतागारका कृषक खिम बहादुर डिसीले बताए । हजारौको संख्यामा आएको सलह किरालाई बाजागाजा बजाए पनि पुर्ण रुपमा भगाउन भने सकिएको छैन उनले बताए । 

खेतका डिल,रुख बिरुवा,घाँसबारी तथा जङ्गलमा प्रसस्त मात्रामा सलह देखा परेको  ओपेन्द्र भण्डारीले बताए । सलह किरालाई घटाउनको लागि चराकुरिङ्गिले ठूलो भुमिका खेलेको उनको भनाई छ । विशेष गरी मैना चरी र काग जस्ता चराहरुले खाईरहेको  उनको भनाई छ । 
नगरपालिका अन्य विभिन्न वडाहरुमा पनि यस क्षति पुर्‍याएको बताइएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top