ट्रेण्डिङ

होमपेज / समाज

दैलेख सिँचाइका निमित्त प्रमुखसहित ४ जना अख्तियारको नियन्त्रणमा

  सल्यान खबर २०७७ असार १७ गते बुधबार १९:५३:५९ मा प्रकाशित

असार १७, २०७७ दैलेख : जिल्ला खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमु ख(इन्जिनियर) टोपेन्द्र सुन्दर मल्लसहित ४ जनालाई अख्तियारले नियन्त्रणमा लिएको छ।

भगवतीमाई गाउँपालिका वडा नं.३ सानटडा खोला तटवन्धन निर्माण कार्य सम्पन्न भएपश्चात भुक्तानीमा सहजीकरण गरिदिने भनी घुस रकम माग रिएको सूचनाका आधारमा सुर्खेतबाट गएको अख्तियारको टोलीले उनीहरुलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो।

खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख टोपेन्द्र सुन्दर मल्ललाई कार्यालय परिसरबाट नियन्त्रणमा लिएको र सव (इन्जिनियर वीरेन्द्र चन्दलाई खटिएको कार्यस्थलबाट नियन्त्रण लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ताद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

अख्तियारले जारी गरेको विज्ञप्तिअनुसार सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतबाट खटिएको टोलीले निज निमित्त कायार्मलय प्रमुख(इन्जिनियर) टोपेन्द्र सुन्दर मल्ललाई कार्यालय परिसरबाट र सव(इन्जिनियर विरेन्द्र चन्दलाई खटिगइको कार्यस्थलबाट नियन्त्रणमा लिएको जनाएको छ।

 खानतलासीपश्चात निमित्त कार्यालय प्रमुख टोपेन्द्र सुन्दर मल्लको आवासबाट दुई लाख इकचालिस हजार सोह्र रुपैयाँ नगद बरामद गरी अनुसन्धानको सिलसिलामा सव(इन्जजिनियर) रन्जित श्रेष्ठ र सुरपभाइजर लक्ष्मी पाण्डे सहित ४ जनालाई असार १६ गते गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
Thahakhabar

प्रतिक्रिया

सम्बन्धित खवर

Top