ट्रेण्डिङ

होमपेज / समाज

त्रिवेणी गाउँपालिकामा उत्कृष्ट कृषक पुरस्कृत

  सल्यान खबर २०७७ असार १६ गते मंगलबार १९:३२:४० मा प्रकाशित

असार १६,सल्यान
त्रिवेणाी गाउँपालिकाले उत्कृष्ट चार कृषकलाई पुस्कार प्रदान गर्नुका साथै सम्मान गरेको छ । गाउँपालिका अध्यक्ष उत्कृष्ट कृषक पुरस्कार वितरण तथा सम्मानबाट चार जना कृषकलाई सम्मान गरेको हो । 

गाउँपालिकाले सर्वोकृष्ट कृषकको रुपमा वडा न ४ फलावाङका मौरीपालक किसान जीत बहादुर बुढा सम्मानित भएका छन् । उनलाई ५० हजार नगद सहित सम्मान गरिएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख बसन्त रावतले बताए । 

यस्तै उत्कृष्ट कृषकको रुपमा त्रिवेणी ६ का गाइपालक कृष्ण बहादुर रेउले, वडा न ३ का कुखुरा पालक विरेन्द्र श्रेष्ठ र तरकारी खेती गर्दै आएका त्रिवेणी १ का छविलाल बुढाथोकी सम्मानित भएको रावतको भनाई छ । तीनै जनालाई २० हजार नगद सहित सम्मान गरिएको उनले बताए । 

पशु तर्फ १९ र कृषि तर्फ ३ जनाको प्रस्तावना परेकोमा अनुगमन तथा दापदण्डका आधारमा चार कृषकलाई सम्मान गरिएको रावतको भनाई छ । 

तरकारी खेतीमा तीन रोपनी वा पाँच वटा प्लाष्टिक टनेल भएको हुनु पर्ने, गाई भैसी तर्फ कम्तिमा पाँच वटा दुहुना हुनु पर्ने, मौरी तर्फ ५० घार हुनु पर्ने मापदण्ड निर्धारण गरिएको छ । यस्तै कुखुरा तर्फ १ हजार हुनु पर्ने, तीन रोपनीमा माछा पालन , २० वटा माउ बाख्रा पालन गरेको, एक सय फलेका फलफुलका बोट भएको, पाँच वटा टनेलमा च्याउ खेती गरेको हुनु पर्ने मापदण्ड तोकी उत्कष्ट कृषक छनौट गरिएको उनको भनाई छ । 
यस प्रकारका सम्मानले व्यवसायिक कृषि पेशा अंगालेका किसानहरुलाई थप हौषला मिलेको उनको भनाई छ । 
रु 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top