ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर बजार मास्क विना प्रवेश निषेध

  सल्यान खबर २०७७ असार १४ गते आइतबार १७:५१:५४ मा प्रकाशित

असार १४, सल्यान 
सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर बजारमा मास्क विना प्रवेश निषेध गरिएको छ । समुदाय स्तरमा कोरोना संक्रमण बढ्न सक्ने जोखिमलाई मध्यनगर गर्दै श्रीनगर बजार क्षेत्रमा मास्क विना प्रवेशमा रोक लगाइएको हो । 

आइतबारदेखि श्रीनगर बजार व्यवस्थापन समितिले बजारमा आउने सर्वसाधारणलाई मास्क लगाउन अनुरोध गर्दै मास्क नभएकाहरुलाई निःशुल्क मास्क वितरण समेत गरेको छ । 

माथिल्लो रुकुम चोक देखि ट्राफिक चोकसम्म मास्क विना प्रवेशमा निषेध गरिएको श्रीनगर बजार व्यवस्थापन समितिका अध्यक्ष हपिस भण्डारीले बताए । कोरोना महामारीको विरुद्ध हालसम्म कुनै औषधी नबनेको हुँदा मास्क लगाउनु, हात धुनु र सामाजिक दुरी कायम गर्नु नै मुख्य उपाय भएको भन्दै बजार व्यवस्थापन समितिले उक्त अभियान सञ्चालन गरिएको उनको भनाई छ । 

बजार व्यवस्थापन समितिले यस भन्दा अघि चोक चोकमा साबुन पानी र स्यानीटाइजरको व्यवस्था गरेको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top