होमपेज / समाज
असार १२, सल्यान
बनगाड कुपिण्डे नगरपालिका १२ निगालचुलामा एक कार्यक्रमका बिच बर्थिङ सेन्टरको उद्घाटन गरिएको छ । वडा अध्यक्ष गोविन्द डाँगीले शुक्रबार एक कार्यक्रमका बिच बर्थिङ सेन्टरको उद्घाटन गरेका हुन ।
वर्थिङ सेन्टरको उद्घाटन गर्दै वडा अध्यक्ष गोविन्द डाँगीले महिला र नवजात शिशुको स्वास्थ्यमा वर्थिङ सेन्टरले सकारात्मक प्रभाव पार्नेमा विश्वास व्यक्त गरे । सुरक्षित नहुँदा नकालमा महिलाले ज्यान गुमाउने पर्ने अवस्थाबाट वडाबासीले मुक्ति पाउने उनको भनाई छ । नजिकै वर्थिङ सेन्टर गर्भवति महिलाहरु जिल्ला अस्पताल, सल्लीबजार जानु पर्ने बाध्यता रहेको थियो भने केही गर्भवति महिला घरमै सुत्केरी हुदै आइरहेका थिए ।
आधारभुत स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको स्वास्थ्य चौकीले अब प्रशुति सेवा समेत प्रदान गर्ने वडाअध्यक्ष डाँगीको भनाई छ । स्वास्थ्य चौकीमा सेवा सुरु भएसँगै मातृ र शिशु मृत्युदर कम भएको , शून्य होम डेलिभरीलाई पनि जोड दिइएको डाँगीले बताए ।





.jpg)