होमपेज / अर्थ
असोज ८,सल्यान
सल्यानका दुग्ध उत्पादक किसानले १३ लाख बढी अनुदान पाएका छन् । गत आर्थिक वर्षमा ६४१ किसानले दूधमा १३ लाख ३४ लाख ४ सय ७५ रुपैयाँ अनुदान पाएका हुन् ।
पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट प्रतिलिटर रु पाँचका दरले अनुदान वितरण गरिएको थियो । गत वर्ष २ लाख ६६ हजार ८ सय ६५ लिटर दूधमा अनुदान दिइएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्द महतले जानकारी दिनु भयो । १५ लाख बजेट विनियोजन गरेकोमा १३ लाख रुपैयाँ मात्र अनुदानमा खर्च भएको उहाँको भनाई छ । उहाँले भन्नु भयो ‘संस्थागत बिक्रीका आधारमा मात्र अनुदान दिने मापदण्ड भएकाले संस्थागत बिक्री नगर्ने किसान अझै छुट्नुभएको छ ।’ दुग्ध उत्पादक किसानहरूको बैंक खातामा सिधै रकम जम्मा हुने उहाँको भनाई छ ।
कर्णाली प्रदेश सरकारले दूध उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउन दुग्ध उत्पादक किसानलाई लक्षित गरी अनुदान दिने कार्यक्रम सञ्चालन गरेको हो। प्रदेशका सबै जिल्लाका दूध उत्पादक किसानले हरेक वर्ष अनुदान पाइरहेका छन् ।