ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा ६ नाल भरुवा बन्दुक बरामद

  सल्यान खबर डेस्क २०८३ श्रावण ४ गते सोमबार ११:५९:४० मा प्रकाशित

 साउन ४,सल्यान 
जिल्ला प्रहरी कार्यालय सल्यानले जिल्लाका दुई स्थानबाट बेवारिसे अवस्थामा लुकाइराखिएका ६ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ ।
बनगाड कुपिण्डे नगरपालिका–१२ स्थित भदाले सामुदायिक वनबाट ४ नाल  र छत्रेश्वरी गाउँपालिका–१ स्थित जुगेखोला सामुदायिक वनबाट दुई नाल गरी ६ नाल अवैध भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ । 
लुकाइराखिएको भन्ने गोप्य सूचनाका आधारमा खोजतलास गर्ने क्रममा  अवैध भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनु भयो । 
बरामद गरिएका जम्मा ६ नाल भरुवा बन्दुक कसले र कहिले लुकाइराखेको भन्ने विषयमा अनुसन्धान भइरहेको उहाँको भनाई छ । 
प्रहरीले अवैध हातहतियारको प्रयोग तथा ओसारपसार नियन्त्रणका लागि जिल्लाभर निगरानी बढाइएको जनाएको छ । गोप्य सूचनाका आधारमा सञ्चालन गरिएको खोजतलास अभियानका क्रममा उक्त बन्दुकहरू बरामद भएको प्रहरीको भनाई छ । 

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भण्डारीले अवैध हातहतियार नियन्त्रणका लागि प्रहरीको अभियान निरन्तर जारी रहने बताउँदै यस्ता गतिविधिबारे जानकारी भए तत्काल प्रहरीलाई सूचना दिन सर्वसाधारणसँग आग्रह गरेका छन्।

प्रहरीले बरामद भएका भरुवा बन्दुक सम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top