होमपेज / बिचार / सम्बाद
छिमेकी देश चिनको हुवे प्रशान्तको वुहान शहरबाट फैलीएको नोवेल कोरोना भाइरस (कोरोना १९) महामारीकोे रुपमा विश्वभर फैलि रहेको छ । यसले गर्दा विभिन्न देशहरुमा मानिसहरुको मर्नेको संख्या दिनप्रति बढ्दै गइरहेको छ।विश्वमा कोरोना भाइरस संक्रमण यतिबेला ७६ लाख ७० हजर बढीमा देखिएको छ। ४ लाख २७ हजार बढिको मृत्यु भइसकेको छ भने साढे ३५ लाख बढीले कोरोनालाई जितिसकेका छन।नेपालमा पनि संक्रमणको दर बढिरहेको अवस्थामा कोरोना संक्रमण नियन्त्रण,संक्रमितको व्यवस्थापन र जोगिने उपायमा सरकार लागिरहेको छ।
बिशेषत कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएसँगै हाम्रो जनमानसमा प्रचलनमा आएको शब्द हो ‘लकडाउन’ । लकडाउन यस्तो आपतकालीन अवस्था हो जसअन्तर्गत नीजि कार्यालय एवं सार्वजनिक यातायात पुर्णरुपले बन्द गरिन्छ। संक्रमण फैलन नदिन विभिन्न मुलुकहरुले लगाएका प्रतिबन्धका स्वरुपहरु ‘लकडाउन’ शब्दमार्फत झल्किएका छन्।कोरोनाबाट बच्न social distance अर्थात सामाजिक दुरि कायम गर्न राज्यले गरेको नीतिलाई बन्दाबन्दी भनिन्छ।खासगरी तिव्र रुपमा कोरोना नफैलियोस वा संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा नसरोस भनेर ल्याएको नीति हो।
समुदायमा संक्रमण नफैलियोस भनेर चैत्र ११ देखि हाम्रो देशमा लकडाउन सुरु भयो।राज्य लकडाउनलाई प्रभावकारी बनाउन लागेको देखिन्छ।लकडाउनलाई सफल बनाउन जति राज्यको भुमिका हुन्छ त्यो भन्दा धेरै गुणा नागरिक सचेतना र सहजताले प्रभावकारी बनाउन मद्दत पुग्छ।हाम्रो समाजमा सचेतनाको कमिले पनि लकडाउन प्रभावकारी बनाउन राज्य संयन्त्रलाई हम्मे हम्मे परेको जगजाहेर नै छ।अत्यावश्यक सेवा, पासवाहेक सवारी साधन, सरकारी कर्मचारी, बैंक तथा उद्योगका कर्मचारी, व्यवसायीलाई परिचयपत्र हेरी सवारी सञ्चालन गर्न दिइएको छ।कुनैपनि परिचयपत्र वा पास नलिई सवारी साधन चलाउनेलाई भने प्रहरीले नियन्त्रणमा लिई कारवाही गरेको छ।पछिल्लो पटक उच्च स्तरीय समितिले लकडाउनलाई केही खुकुलो बनाउने निर्णय गरेसँगै नीजिगाडी र मोटरसाईकललाई सामाजिक दुरि कायम गरि चलाउन दिने निर्णय गरेको छ ।
हुन त लकडाउन गर्नु सरकारको लागी एउटा बाध्यात्मक परिस्थीति थियो । कोरोना भाइरसबाट जोगिनको लागी यो मात्रै एउटा विकल्प थियो । धेरैको रोजगारी गुम्ने स्थितिको श्रृजना हुनु, वालवालिका पढ्नको लागी विद्यालय जान नपाउनु, समग्रमा भन्दा सर्वसाधारणको दैनिकी कष्टकर बन्दै जानु जस्ता समस्या भोग्नु परेपनि कतिपय मानिसहरुले लकडाउनलाई अवसरको रुपमा समेत लिए । सवैभन्दा बुद्धिमान मानिस त्यहि हो जसले भोग्नुपरेका चुनौतिहरुलाई अवसरको रुपमा उपयोग गर्छ । कतिपय मानिसहरुले यसलाई अवसरको रुपमा लिए । लकडाउनका कारण श्रृजना भएको एउटा अबसर हो कृषि कर्म
लकडाउनको समयमा धेरै मानिसहरु आफ्नो जन्मथलोमा फर्किए । शहरमा सारा काम छोडेर गाउँ फर्किसकेपछि धेरैलाई कृषि कर्म बाहेकको विकल्प पनि थिएन । शहर पस्दा वाँझो बनेका खेतबारीले फेरी हरियो बन्ने मौका पाए ।माटोमा उर्मिएको बिरुवा मल्जल टिप्दै हुर्किए ।
हाँगाबिङगा र जरा फेलाउँदै लोभलाग्दो जवानीमा उक्लिए। फुल फुलदै , सुगन्ध फैलाउदै र झपक्क फलहरु फले । एउटा वृक्षबाट असंख्य नयाँ बिजहरु पैदा भए । प्रत्येक बिजमा उस्तै उर्बर वृक्ष उमार्ने गुण थियो र त नयाँ वृक्षले आफ्नो अभिनव सृष्टिचक्रलाई निस्वार्थ निरन्तरता दिदै गए । वृक्ष ले गर्ने सिर्जना संसारकै महानतम त्योग हो जहाँ प्राणधारिहरुले बिसर्जन गरेपछि माटोमा मिसिएको मलमुत्र अनि हावामा उँडेको कार्बनडाइअक्साइड ग्यास लिएर मौषममै पिच्छे अँझै आट र सहस सपना सहितका नृतन पृस्ता दिने चक्र निरन्तर घुमिरहन्छ ।
यसको एउटा प्रत्यक्ष फाइदा भनेको भारतिय तरकारीमा बढि भर परेका नेपालीहरुले केहि मात्रामा भएपनि आफ्नै खेतबारीको उत्पादन खानको लागी केहि हद सम्म सजिलो बन्ने देखियो । अर्कोतर्फ सरकारले नै जग्गा बाँझो नराख्न प्रोत्साहित गरेको देखियो । समग्रमा कतिपय खेतवारीले मालिक देख्न पाए भने मालिकले खेतबारी बुझ्न पाए । जो लकडाउनका कारण देखिएको एउटा अवसर थियो ।
लकडाउनले केही नकारात्मक असर पनि परेको छ । आर्थीक अभाब दैनिक कामकाज ठप्प हुँदा आम्दानीको स्रोत बन्द हुँदा कतिपयलाई समस्या भएको छ । कतिपय मानिसहरु जे होस धेरै नकारात्मक पक्षहरु हुँदाहुँदै पनि हामी नेपालीहरु कोरोनाको संक्रमणबाट वच्नको लागी यो कठिन परिस्थितिसँग लडिरहेका छौँ । मान्छेमा यस्ता दुःखद, पीडादायी घटनाले सकारात्मक परिवर्तन पनि ल्याउने हुनाले महामारी र बन्दाबन्दीका नकारात्मक पक्षबाट नआत्तिई सकारात्मकरूपमा सदुपयोग गरौँ ।
लकडाउन एकदमै कष्टकर भए पनि सामाजिक दुरि कायम गरि संक्रमण तिव्र गतिमा फैलिन नदिन हामी नागरिक सबै मिलेर उत्पन्न चुनौतीलाई समाधान गर्नु आजको आवश्यकता हो।घरमै बसौं,सुरक्षित रहौ लकडाउनको पालना गरि कोरोना भाईरस मुक्त बनाउ। अन्त्यमा,मुलुकभित्र र बाहिर रहनु भएका सबै नेपाली नागरिकलाई कोभिड १९ को जोखिमबाट सुरक्षित रहदै सबल,समृद्ध राष्ट्र निर्माणमा योगदान गर्न आह्वान गर्दछु।
लेखक विनोद न्यौपाने बनगाड कुपिण्डे नगरपालिका ६ सल्यानका सव इन्जिनियर हुन ।





.jpg)